सामाजिक सञ्जाल बन्दका बारेमा काँग्रेसले विकल्प खोज्ने गर्यो निर्णय
वि.सं.२०८२ भदौ २२ आइतवार १२:५५
shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने निर्णय गरेको हो ।नेता बलबहादुर केसीले सरकारको पोजिसन बुझेर सर्वोच्चको परमादेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्दको निर्णयमा कडाइ नगर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै बैठकले सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्ने समेत निर्णय गरेको छ । नेपालमा दर्ता नभएका फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गरेसँगै सरकारको चौतर्फी विरोध भइरहेका बेला कांग्रेसले उक्त निर्णय गरेको हो ।































