२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विर्तामोड नगरपालिका अगाडि तनावको स्थिति सिर्जना

1.14K
shares

झापा । झापाको विर्तामोड नगरपालिका अगाडि तनावको स्थिति सिर्जना भएको छ ।

काठमाडौंमा प्रहरीको दमनबाट १६ जनाको मृत्यु भएपछि झापामा प्रदर्शनरत् जनजी युवा थप आक्रोशित भएका हुन् । त्यसपछि उनीहरुले नगरपालिकामा ढुंगामुढा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका एसपी राजन लिम्बुले स्थितिलाई निइन्त्रणमा लिन हवाई फायर गरिएको पुष्टि गरे । तर, स्थानीयले चाहिँ केही व्यक्ति प्रहरीको गोली लागेर घाइते भएको बताएका छन् ।

घाइतेलाई विएण्डसी अस्पताल पठाइएको स्थानीयको भनाइ छ । यसअघि दमकमा भएको प्रदर्शनमा समेत प्रहरीको गोली लागेर केही विद्यार्थी घाइते भएका छन् । कम्तिमा ३ जनाको विएण्डसी अस्पतालमा उपचार जारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports