सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी
वि.सं.२०८२ भदौ २७ शुक्रवार १४:१४
shares

काठमाडौं । सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी गरिएको छ ।
मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए ।‘अन्य भवन पनि हेर्ने काम भयो, कुनै सद्दे छैनन्, एउटा विकल्प निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवन हुन सक्छ भन्ने कुरा भएको छ,’ उनले भने ।
बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो । सोही क्रममा यहाँ सबैजसो भवनमा आक्रमण र आगजनी गरिएको छ । मन्त्रालयहरूका कागजात जलाइएको छ भने सवारीसाधनमा व्यापक क्षति पुर्याइएको छ ।
मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ–कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आज हेर्ने काम गरिएको जानकारी दिए । सिंहदरबारबाटै प्रशासनिक काम गर्ने गरी तयारी गरिएको उनले बताए ।



































