रूपन्देहीको उपनिर्वाचन स्वत रद्ध
वि.सं.२०८२ भदौ २८ शनिवार ११:२१
shares

काठमाडौं । आगामी कार्तिक १७ गते रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचन स्वत रद्द भएको छ । जेनजी आन्दोलनपछि यसअघिको सरकार फेरिएर संघीय संसद नै विघटन भएपछि कार्तिक १७ गतेका लागि तय भएको संघको उपनिर्वाचन स्वत रद्द भएको हो ।
०७९ मा रूपन्देही–३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि रिक्त उक्त स्थानमा चुनावका लागि निर्वाचन आयोग लगायत दलहरुले अन्तिम तयारी गरिसकेका थिए ।केही दलले उम्मेदवार समेत घोषणा गरिसकेका थिए भने आयोगले निर्वाचन आयुक्त राखेर काम अघि बढाएको थियो । प्रतिनिधिसभा विघटन भइसकेको र नयाँ चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब कात्तिक १७ का लागि निर्धरित उपनिर्वाचन स्वतः रद्ध हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभाको कार्यकाल समाप्ति नजिक भएकाले र बाँकी अवधिका लागि उपनिर्वाचन गर्ने आवश्यकता नरहेको ठहर भएको हो ।संविधानको धारा ८४ को उपधारा (६) मा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष तोकिएको छ भने उपनिर्वाचन गर्नुपर्ने अवस्था देखा परे पनि कार्यकाल सकिन दुई वर्षभन्दा कम समय बाँकी रहेमा निर्वाचन नगर्ने व्यवस्था छ । यही प्रावधानका कारण रुपन्देहीमा तोकिएको उपनिर्वाचन रद्द भएको हो ।




































