सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आजकालागि विदेशी मुद्राको विनिमय दर

689
shares

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

शुक्रबार हालसम्मकै उच्च भएको अमेरिकी डलरको मूल्य आज घटेको छ। त्यसैगरि आज कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्रा पनि सस्तिएका छन्।तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा छ।

हिजो (भदौ २७ गते) अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ रुपैयाँ छ। हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा थियो।त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा थियो।त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ५४ र बिक्रीदर ४६३ रुपैयाँ ५१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६२ रुपैयाँ १७ र बिक्रीदर ४६४ रुपैयाँ १३ पैसा थियो।आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १६ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports