नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्कृय

455
shares

काठमाडौं। प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्कृय भएका छन् ।

प्रतिनिधिसभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार प्रतिनिधि सभा विघटन भए पश्चात् निष्क्रिय हुन पुगेका विधेयकहरुको संख्या ३० रहेको छ। जसमा प्रतिनिधि सभामा उत्तपति भएका सरकारी २१ वटा विधेयक र गैरसरकारी २ वटा विधेयक रहेका छन् ।४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट आएको प्रतिनिधि सभामा उत्पति भएका जम्मा २३ वटा विधेयक निष्क्रिय भएका हुन्।

राष्ट्रिय सभामा उत्पति भएका ७ वटा विधेयक पनि निष्कृय भएका छन् ।राष्ट्रिय सभामा उत्पति भएर पारित भएर प्रतिनिधि सभामा आएका ७ वटा विधेयक पनि निष्कृय हुन पुगेका हुन् ।संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा प्रतिनिधिसभामा विचाराधीन रहेका वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा गएका निष्क्रिय हुने प्रावधान छ ।

यस्तो प्रावधान संविधानको धारा १११ मा छ। ‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ’ संविधानको धारा १११ को उपधारा १० मा भनिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports