सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं : अमेरिका

468
shares

काठमाडौं । अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएको र जेनजी युवा आन्दोलनको क्रममा भएका दु:खद घटनापछि शान्तिपूर्ण समाधान निस्किएको भन्दै स्वागत गरेको छ ।

साथै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा समेत अमेरिकाले गरेको छ ।नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक राज सिग्देलको भूमिकाको प्रशंसा गर्दै भनेको छ, ‘संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं ।’

नेपाललाई परेको शोकमा आफूहरु साथमै रहेको भन्दै अमेरिकाले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा पनि सहकार्य गर्न तयार रहेको जनाएको छ .

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports