सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो : प्रधानमन्त्री कार्की

663
shares

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको स्पष्ट पारेकी छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मी लगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

उनले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई सहज र नयाँ पुस्ताको भावनाअनुसार अघि बढ्नुपर्ने पनि बताइन् । ‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुपर्‍यो । सत्ताको रसास्वादन गर्न आएको होइन,’ प्रधानमन्त्रीको भनाई छ । उनले जनेजी आन्दोलनका क्रममा २७ घण्टाको आन्दोलनबाट मुलुकमा व्यापक जनधनको क्षति भएको भन्दै सुरक्षा निकाय, प्रहरी बिट, अदालत, सिंहदरबारसमेत आगोले जलेर नष्ट भएको बताइन् । ‘जति पनि रेकर्ड र प्रमाण नष्ट भएर अर्को ठुलो समस्या भयो,’ उनले भनिन्, ‘भौतिक भवनको क्षति बनाउन सकिन्छ तर रेकर्ड नष्ट हुँदा हामी शून्यमा छौँ ।’

उनले सुरक्षा वाहन समेत खरिद नगरी नहुने अवस्थामा रहेको भन्दै उनले हिंसा र आगजनी अत्यन्त आवश्यक संस्थाहरूमा छानिछानी भएको बताइन् । उनले पछिल्लो दृश्य देखेर लाज लागेको भन्दै नेपाली नै भएर यो काम गर्न नसक्ने बताइन् ।‘नेपाली नै भएर गरेको हो भने त्यसलाई कसरी नेपाली भन्ने ?,’ उनले जनता र नेपाल नै विषम परिस्थितिमा रहेको भन्दै सबै मिलेर निर्माणमा लाग्नुपर्ने बताइन् ।‘यो घटनामा षड्यन्त्र नै भएको हो कि भन्ने लाग्छ । अनुसन्धान हुन्छ । प्रहार र नोक्सान गर्नेहरूलाई छोड्ने अवस्था छैन,’ प्रधानमन्त्री कार्कीले भनिन, ‘सबैको छानबिन हुन्छ ।’

उनले सबैलाई कसरी उठाउने भन्नेमा सरकारले सोचिरहेको भन्दै सबैको सहयोगमा आफूले ६ महिनाको अवधिपछि निर्वाचित जनप्रतिनिधिहरूलाई सुम्पने बताइन् ।‘नयाँ आउने सांसद र मन्त्रीलाई सुम्पने अठोट गरेका छौँ । तर तपाईँहरू र सबैको साथ नभई सम्भव छैन, सहयोग गर्नुस्’, उनले भनिन, ‘जति क्षति भएको छ, आफ्नैतर्फबाट पहल गरेर त्यो पूरा किन नगर्ने ? तराईमा बाँसका भाटा जोडेर कामचलाऊ किन नगर्ने ? नेपालीहरूमा क्षमता छ ।’ प्रधानमन्त्री कार्कीले अपराधीहरूले गरेको मुलुकमाथिको चुनौतीलाई सबैले मिलेर एकताको भावना राखेर पुरा गर्नुपर्नेमा जोड दिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports