यसरी बित्नेछ प्रधानमन्त्री बालेनको २ दिन भारत भ्रमणमा
वि.सं.२०८३ मंसिर ६ आइतवार १३:३३
shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भारत भ्रमणको सिलसिलामा आइतबार दिल्ली प्रस्थान गर्दैछन् । भ्रमणको पहिलो दिन आइतबार दिउँसो १ः ४५ बजे प्रधानमन्त्री शाह काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनी दिउँसो ३ः १५ बजे नयाँ दिल्ली पुग्नेछन् । त्यसपछि अपराह्न ४ बजे होटल पुग्ने कार्यक्रम छ ।
भ्रमणको पहिलो दिन साँझ ६ बजे भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरममा सहभागी हुनेछन् । बिजनेस फोरमपछि रात्रिभोजको कार्यक्रम राखिएको छ । भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । त्यसपछि बिहान १०ः ४० बजे राजघाट पुगेर उनले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।
बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्रीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्नेछन् । त्यसपछि ११ः ५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ । दिउँसो १२ः ३५ बजे विभिन्न परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ । दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् ।
सोमबार दिउँसो ३ः १५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार अपराह्न ४ः ५० बजे नयाँ दिल्लीबाट काठमाडौँका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६ः ३५ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका रहेको छ ।


































