२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीलाई दिए जन्मदिनको शुभकामना

1.05K
shares

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई फोन गरेर शुभकामना दिएका छन् । यस क्रममा उनीहरुबीच रुस–युक्रेन युद्धको बारेमा पनि छलफल भएको छ ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो । मैले उनलाई जन्मदिनको शुभकामना दिएँ । उनले राम्रो काम गरिरहेका छन् । नरेन्द्रः रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न तपाईंको समर्थनको लागि धन्यवाद !’यसैबीच, मोदीले पनि सामाजिक सञ्जालमा लेख्द ट्रम्पसँग कुराकानी भएको पुष्टि गरे ।

मोदीले एक्स (ट्वीटर)मा लेखेका छन्, ‘मेरो साथी राष्ट्रपति ट्रम्प, तपाईंको फोन र मेरो ७५औं जन्मदिनमा शुभकामना दिनुभएकोमा धन्यवाद । म भारत–अमेरिका सामाजिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन प्रतिबद्ध छु ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports