सीआईबी प्रमुखमाडा. मनोज केसी नियुक्त
वि.सं.२०८२ असोज ५ आइतवार २०:०२
shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा डा. मनोज केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राण विरुद्ध अनुसन्धान अगाडि बढाउँदा त्यहाँबाट हटाइएका एआईजी डा. मनोजकुमार केसी फेरि सिआईबी प्रमुखका रुपमा सरुवा भएका हुन् ।
त्यसबेला उनी डीआईजी दर्जामा दोस्रो हैसियतमा त्यहाँ कार्यरत थिए । उनले ललिता निवास प्रकरणको पनि अनुसन्धान गरेका हुन् । उनी कात्तिक २७ मा रिक्त हुने ३३ औं आईजीका एक दावेदार पनि हुन् ।





























