सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपत्यकाका तिन जिल्लाका प्रजिअहरुको बैठक बस्दै

455
shares

काठमाडौँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । आज मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तिन जिल्लाका प्रजिअहरुको बैठक राखिएको छ ।

उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताएका छन् ।

‘अहिले तत्काल जोरबिजोर हटाउने निर्णय गर्दैनौं’ प्रजिअ रिजालले भने, ‘व्यवस्थित कसरी गर्ने भन्नेबारे ललितपुर र भक्तपुर जिल्लाको पनि फिडव्याक लिएर निर्णय लिन्छौं ।’ शनिवार नेपाल र मौरिसस बीचको फुटबल हुँदैछ । सो प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports