२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्य नयाँ कुमारीका रूपमा छनोट

1.4K
shares

काठमाडौं । काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको छ ।

आर्यतारालाई मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ । त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ ।शाक्य महाबिहार संघको आह्वानपछि सिफारिस भएर आएका नामहरुमध्येबाट साढे दुई वर्षकी आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो ।

संघले शहरका १५ बहालहरुलाई पत्र पठाएर नयाँ कुमारीका लागि नाम सिफारिस गर्न भनेको थियो । प्राप्त नामावलीहरुमध्येबाट निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको समेत सल्लाहमा परम्परागत विधि अनुसार आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको संघले जनाएको छ ।कुमारीलाई जीवित देवीको रुपमा पुज्ने चलन छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports