सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य मन्त्रालयको नजिकिँदै गरेका वडादशैं, नेपाल सम्बत, तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन

1.94K
shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेका वडादशैं, नेपाल सम्बत, तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लामो बिदाका कारण बिरामीहरूलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।उक्त निर्देशन अनुसार अत्यावश्यक सेवा, आकस्मिक उपचार र शल्यक्रिया जस्ता सेवा भने सधैंझैं निरन्तर सञ्चालन हुनेछन्।

भदौ २३ र २४ गतेका दिन प्रदर्शनका क्रममा घाइते भई उपचाररत रहेका सबैको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै मन्त्रालयले त्यस क्रममा स्वास्थ्य संस्थाहरूले पुर्‍याएको योगदानप्रति आभार प्रकट गरेको छ।

साथै, आगामी चाडपर्वका समयमा समेत अस्पतालहरूले निरन्तर सेवा प्रवाह गर्नेमा मन्त्रालयले विश्वास व्यक्त गरेको छ।मन्त्रालयले यस कार्यान्वयनमा सबै सरोकारवालाको सहयोग अपेक्षा गरेको जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports