सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दशैं बिदाअघि बढेर बन्द भयो सेयर बजार

702
shares

काठमाडौं । दशैं बिदा अगाडि अन्तिम कारोबार दिन आइतबार सेयर बजार ११.५१ अंकले बढेर बन्द भएको छ ।

आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने ३ अर्बमा सीमित भएको हो ।अन्तरिम सरकारले पूँजीबजार सुधार सुझाव कार्यदल गठन गरेको थियो । उक्त, कार्यदलले सेयर बजार सुधारका लागि तत्काल गर्नुपर्ने काममा सेयर बजारको एकल ग्राहक सीमा हटाउन सुझाएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेपछि एक वर्ष ‘होल्ड’ गर्नुपर्ने व्यवस्था तत्काल हटाउन सुझाव दिएको छ । कार्यदलले सेयर बजार सुधार हुने गरी तत्काल, मध्यकाल र दीर्घकाल गरी बजार सुधारका सुझाव दिएको छ ।कार्यदलले दिएका सुझाव सरकारले कार्यान्वयन गरको खण्डमा बजार बढ्ने अपेक्षा लगानीकर्तामा छ । त्यसले गर्दा पनि बजार सकारात्मक भएको हो ।

साथै, दशैंपछि मात्रै धितोपत्र बजार खुल्ने भएकाले आइतबारको कारोबारको राफसाफ पनि दशैंपछि नै हुने भएकाले कारोबार रकममा भने कमी आएको छ ।आइतबार ०.४३ प्रतिशतले बढेको बजार सूचक २६६३.५१ बिन्दुमा रोकियो । आइतबार होटल र पर्यटन, व्यापार र अन्य समूहका उपसूचकको मूल्य घट्यो । अन्य सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै (०.९६ प्रतिशत) म्युचअल फन्डका लगानीकर्ताले कमाएका छन् ।

आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ०.८४, विकास बैंक ०.४९, वित्त ०.१०, जलविद्युत् ०.७०, लगानी ०.१४, जीवन बीमा ०.८०, उत्पादनमूलक ०.५१, लघुवित्त ०.५९, सामूहिक लगानी कोष ०.९६ र निर्जीवन बीमा ०.३२ प्रतिशतले बढेका छन् । तर, अन्य ०.१४, व्यापार १.२८ र होटल समूह ०.१५ प्रतिशतले घटेका छन् ।

आइतबार नेप्सेमा ३ सय १४ कम्पनीको ३९ हजार ८ सय ५९ कारोबारबाट २ अर्ब ९३ करोड रुपैयाँ बराबरको ७५ लाख ११ हजार कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । आइतबार ग्लोबल आईएमई समुन्नत योजनाको मूल्य प्रतिइकाइ १० प्रतिशतका दरले बढेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports