सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ड्राफ्ट कमिटीमा दशवटा निर्वाचन कानुन एकीकृत गरी तीनवटा बनाउने छलफल

494
shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी एकीकृत कानुन बनाउन छलफल सुरु गरेको छ । शुक्रबार आयोगमा एकीकृत कानुन तर्जुमा गर्न बनेको ड्राफ्ट कमिटीको बैठक बसेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

“एकीकृत कानुन तर्जुमा गर्न नेपाल सरकारबाट सैद्धान्तिक सहमति पाएपछि आयुक्तज्यूको संयोजकत्वमा ड्राफ्ट कमिटी बसेको हो । गृहमन्त्रालय, कानुन र प्रधानमन्त्री कार्यालयका सचिवसहित ड्राफ्टको कुराकानीमात्रै अघि बढेको हो,” उनले भने ।

हाल निर्वाचन आयोग ऐन, २०७३, मतदाता नामावली ऐन, २०७३ निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ , निर्वाचन क्षेत्र निर्धारण ऐन, २०७३, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ निर्वाचनसम्बन्धि दशवटा ऐन छन् । ऐनहरु एकअर्कासँग मिल्दाजुल्दा भएकाले एकीकृत गरी तीनवटामा ल्याउने तयारी भएको प्रवक्ता पौडेलले जानकारी दिए । निर्वाचन आयोगले यी ऐन एकीकृत गर्न सैद्धान्तिक सहमतिका लागि माग गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports