भैरहवा बाट काठमाडौ उड्यो नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइट १५४ यात्रु लिएर
वि.सं.२०८२ असोज २० सोमवार १७:५८
shares

नेपाल वायुसेवा निगमको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५४ यात्रुलाई लिएर चार्टर्ड फ्लाइट मार्फत काठमाडौ प्रस्थान गरेको छ। आइतबार राति स्थगित भैरहवा– काठमाडौं चार्टर्ड फ्लाइट आज साँझ भएको हो।
आज दिउँसो २.४५ मा हुने भनिएको उडान तीन घन्टा ढिलो भएको विमानस्थल स्थित प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई चार्टर्ड फ्लाइट मार्फत आइतबार राती भैरहवाबाट काठमाडौं पठाउने भनिएको थियो। तर अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरी आज सोमबार दिउसो २.४५ बजेका लागि सारिएको थियो। तर आज पनि निर्धारित समय भन्दा तीन घन्टा ढिलो मात्रै उडान भएको हो।
नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणसँग आइतबार साँझ ७.१५ देखि ९.४५ बजेसम्म काठमाडौं – भैरहवा र भैरहवा–काठमाडौं सम्मको उडानको लागी बिमान नम्बर ए ३०२ को अनुमति लिएर यात्रुहरुको नाम संकलन गरेको थियो। निगमले काठमाडौं-भैरहवा ५ हजार र भैरहवा– काठमाडौं ७ हजार भाडा तय गरेको थियो। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोक राज पाण्डेका अनुसार आज राती काठमाडौ पुग्नै पर्ने वाध्यता भएका, उपचारको लागि जानुपर्ने बिरामी, अध्ययन तथा रोजगारीको लागी बिदेश जान टिकट लिइसकेका यात्रु र पर्यटक लगायतलाई प्राथमिकता दिएर पठाइएको छ।




































