भारी वर्षापछिको बाढीपहिरोका कारण निधन हुनेको संख्या ६० पुग्यो
वि.सं.२०८२ असोज २० सोमवार १८:००
shares
काठमाडौं । गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण निधन हुनेको संख्या ६० पुगेको छ ।
१९ पुरुष, २६ महिला र १५ नाबालक सहित ६० जनाको निधन पुष्टि भएको प्रहरीले जनाएको छ ।जसमध्ये सबैभन्दा धेरै निधन इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर निधनहुनेको संख्या ३७ पुगेको छ ।
पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको निधन भएको हो ।


































