नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साहित्यतर्फको नोबल पुरस्कार हङंगेरीका लेखक क्राज्नाहोकालाई

1.24K
shares

बहुप्रतिक्षित मानिएको साहित्यतर्फको नोबेल पुरस्कार यस वर्ष हंगेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ। उनलाई ‘उनका प्रभावशाली र दूरदर्शी रचना जसले डरलाग्दो भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्छन्’ भन्दै उनलाई पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ।

उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो सहरमा भएको थियो। उक्त स्थान रोमेनियाको सीमानजिकै पर्छ। सन् १९०१ देखि अहिलेसम्म साहित्यतर्फ ११८ पटक नोबेल पुरस्कार प्रदान गरिएको छ भने १२२ साहित्यकार पुरस्कृत भएका छन्।यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ। अब शान्ति र अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुन बाँकी छ।यसअघि यो विधाको पुरस्कार दुई(दुई लेखकलाई चार पटक (सन् १९०४, १९१७, १९६६ र १९७४ मा) संयुक्त रूपमा दिइएको थियो। तर अरू विधामा भन्दा यसमा एकल विजेताहरू अत्यधिक छन्।

अहिलेसम्म कुनै साहित्यकारले दोहोर्या१एर नोबेल पुरस्कार पाएका छैनन् भने दुई जनाले पुरस्कार लिन अस्वीकार गरेका छन्। सन् १९५८ मा विजेता घोषित तात्कालिक सोभियत सङ्घका बोरिस पास्टर्नाकले सरकारी दबावका कारण पुरस्कार लिएनन्। जाँ पाल सार्त्रले आफूले सबै खालका सम्मान नलिएको भन्दै सन् १९६४ मा नोबेल पुरस्कार पनि अस्वीकार गरे।नोबेल साहित्य पुरस्कार पाउने सबैभन्दा कान्छा लेखक रड्यार्ड किप्लिङ हुन्। सन् १९०७ मा पुरस्कृत हुँदा उनी ४१ वर्षका थिए। त्यस्तै सन् २००७ मा पुरस्कार प्राप्त गर्ने डोरिस लेसिङ सर्वाधिक पाको साहित्यकार हुन्। उनले ८१ वर्षको उमेरमा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन्।

अहिलेसम्म केवल एक जनालाई मरणोपरान्त साहित्यतर्फको नोबेल पुरस्कार दिइएको छ। सन् १९३१ मा स्वीडनका कवि एरिक आक्सेल कार्ल्फेल्ट सम्मानित भएका थिए। सन् १९६१ मा डाग ह्यामर्शोल्डले पनि मरणोपरान्त नोबेल शान्ति पुरस्कार पाए।

तर सन् १९७४ मा नोबेल फाउन्डेशनको विधानमा विजेताको नाम घोषणा भएपछि मृत्यु भएमा बाहेक कसैलाई पनि मरणोपरान्त पुरस्कार नदिने प्रावधान राखियो। सन् २०१८ मा र विश्वयुद्धका बेला छ वर्ष साहित्यतर्फ नोबेल पुरस्कार कसैलाई पनि दिइएको थिएन्। सन् १९३५ मा चाहिँ योग्य पात्र नभेटिएको भन्दै पुरस्कार प्रदान नगरिएको इतिहास रहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports