प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिमलको गोलले मोरिससविरुद्दको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी

1.04K
shares

नेपाल र मोरिसससँग बीचको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले मोरिसस बिरुद्द १-० गोल अन्तरले विजयी भएको हो ।

खेलको ५५ औ मिनेटमा बिमल घर्ति मगरले गरेको गोल नै निर्णायक भयो । बिमलले २ वर्षपछि टोलीमा कम ब्याक गरेका हुन् । नेपालले एक दशकपछि मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा जित निकालेको हो ।नेपालले पहिलो पटक अफ्रिकी मूलक मोरिसससँग खेलेको हो । फिफा बरियतामा नेपाल १६९ स्थानमा रहेको छ भने मोरिसस १७२ औ स्थानमा रहेको छ ।

मोरिससले नेपालसँगको खेल कठिन हुने बताएका थिए । खेल अघि आयोजित पत्रकार सम्मलेनमा मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानकोइसले लामो समयपछि अन्तराष्ट्रिय खेल खेल्न लागेको र आफुहरुले पनि ४५ दिन मात्र अभ्यास गरेकोले नेपाल सँगको खेल सहज नहुने बताएका थिए।नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भने नेपाल विजयी भएमा जितको श्रेय खेलाडीलाई दिन तथा हारेको खण्डमा हारको जिम्मेवारी आफुले लिने बताएका थिए।

3

खेलमा कुल क्षमताको एक तिहाई अर्थात् करिब ५ हजार दर्शकले प्रवेश गराईएको थियो । खेलको टिकट दर ५०० र १००० कायम गरिएको छ । दोस्रो खेल भने माघ १८ गते हुने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports