सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिदै, महाधिवेशनको स्थान आजै टुङ्गो लाग्ने

1.29K
shares

नेकपा (एमाले) केन्द्रीय कमिटीको दसौं बैठक शुक्रबार सकिँदैछ। ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा शुक्रबार बिहान ८ बजेबाट सुरू हुने बैठकमा १५० जना हाराहारी सदस्यहरूले बोल्न बाँकी छन्। यद्यपि ५० जनाभन्दा बढी सदस्यहरू अनुपस्थित छन्।

बैठक आजै सक्नै कार्यसूची रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले धारणा राख्नेछन्। राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष ओलीले त्यसमाथि उठेका प्रश्नहरूको जबाफ दिनेछन्।

जारी बैठकमा प्रतिनिधि सभा पुनःस्थापनाको माग छाडेर चुनावमा जानुपर्ने आवाज पनि उठिरहेको छ। तर प्रतिनिधि सभा पुनःस्थापनामार्फत् देशलाई संसदीय सर्वोच्चतामा फर्काउनुपर्ने आवाज पनि बलियो रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।त्यस्तै बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा पनि केही सदस्यहरूले राखेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने आवाज पनि बाक्लिँदै गइरहेको छ।

अध्यक्ष ओलीले मंसिर २७, २८, २९ गते पोखरामा ११ औं महाधिवेशन गर्ने गरी प्रस्ताव गरेका छन्। त्यसमा अधिकांश केन्द्रीय सदस्यहरूको सहमति छ। आज समसामयिक प्रस्तावसहित केन्द्रीय कमिटी बैठक समापन हुनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports