सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी अभियन्ता ढुंगानाको पार्टी खोल्ने घोषणा

871
shares

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने भएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुङ्गानाले ‘गरिखान देऊ’ अभियान मार्फत राजनीतिक दल खोल्न लागेको जनाएका हुन् ।जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ । तर उनले पार्टी खोलेपनि अहिलेकै अवस्थामा निर्वाचनमा नजाने दाबी गरेका छन् ।

‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,विदेशमा भएका नेपालीले भोट गर्ने सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण गर्न नागरिकस्तरको बडी नबनेसम्म हामी निर्वाचनमा जानेवाला छैनौँ’, भिडियो मार्फत उनले भनेका छन् । त्यसैले उनले आमूल परिवर्तन ल्याउन डटेर शान्तिपूर्ण लाग्ने र पार्टी गठन गर्न वार्ता समिति गठन गरेको पनि बनाएका छन् । कात्तिक १ गते प्रेसमिट गरेर यसबारे थप जानकारी दिन लागेको ढुङ्गानाले जनाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports