२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाका उपरथी गणेश कुमार श्रेष्ठ रथीमा बढुवा

2.18K
shares

काठमाडौं । नेपाली सेनाको रथी पदमा बढुवा भएका गणेश कुमार श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । उपरथीबाट रथीमा बढुवा भएका श्रेष्ठलाई प्रधानसेनापति अशोकराज सिग्देलले रथीको दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

उनलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथी पदमा बढुवा गरेको थियो । आज रथीको दज्र्यानी चिह्न प्रदान गर्दै श्रेष्ठलाई बलाध्यक्ष रथीको जिम्मेवारी दिइएको छ ।यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा असोज २५ गतेबाट अनिवार्य अवकाशमा गएका थिए । रथीको ५८ वर्षे उमेर हदका कारण थापा अवकाश भएपछि एक जना रथी रिक्त भएको थियो ।

अर्का रथी प्रदीपजंग केसी बलाधिकृत रथी बनेका छन् । दुई जना रथीको दरबन्दी रहने सेनामा महारथी (प्रधानसेनापति) पछि बलाधिकृत रथी र त्यसपछि बलाध्यक्ष रथी रहन्छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports