अमेरिकी राष्ट्रपति ट्रम्पले भने कोलोम्बियामा राष्ट्रपति लागु औषधका नेता हुन
वि.सं.२०८२ कात्तिक ३ सोमवार १६:३१
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ‘लागूऔषध नेता’ भन्दै टिप्पणी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई अवैध लागूऔषध नेता भएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रो एक अवैध लागूऔषध नेता हुन्, जसले कोलम्बियाभरि लागूऔषधको ठूलो उत्पादनलाई जोडदार रूपमा प्रोत्साहन गरिरहेका छन् ।’उनले अगाडी भनेका छन्, ‘यो अब कोलम्बियाको सबैभन्दा ठूलो व्यवसाय बनेको छ । संयुक्त राज्य अमेरिकाबाट ठूलो भुक्तानी र अनुदानको बावजुद, पेट्रोले यसलाई रोक्न केही गरिरहेको छैन । यो संयुक्त राज्य अमेरिकामाथिको ठगी बाहेक अरू केही होइन ।’
ट्रम्पले भुक्तानी र अनुदानहरू अब कोलम्बियालाई नदिने पनि बताएका छन । ट्रम्पले यो औषधिले अमेरिकामा धेरै मृत्यु निम्त्याइरहेको बताउदै पेट्रोलाई चेतावनी समेत दिएका छन् ।उनले पेट्रोले यसलाई नरोकेमा अमेरिकाले यसलाई राम्रो तरिकाले रोक्ने बताएका छन् । ट्रम्पले हालैका समयमा कोलम्बियालाई लागूऔषध तस्करीको बारम्बार आरोप लगाउदै आएका छन् । हालै, अमेरिकी सेनाले अमेरिकातर्फ जाने धेरै डुङ्गाहरूमा आक्रमण गरी ध्वस्त पारेको छ ।
































