सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई पनि दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने

780
shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई पनि दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशीको परिवारलाई पनि प्रदेश सरकारले मानविय सहायता स्वरुप दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ ।मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गरिने बताए ।

सरकारले त्यो बेला जोशी सहित हमासको आक्रमणमा ज्यान गुमाएका अन्य विद्यार्थीका परिवारका सदस्यतलाई पनि जनही २/२ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।निर्णय बमोजिम प्रदेश सरकारले मृतक ७ जनाका परिवारलाई सहयोग बापतको चेक हस्तान्तरण गरेको थियो ।तर सो समयमा विपीन जोशीको अवस्था अज्ञात थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा “लर्न एन्ड अर्न“ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका मध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो ।

साथै मुख्यमन्त्री शाहले स्वर्गीय विपिन जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनमा हार्दिक सवेदना व्यक्त गरेका छन् ।इजरायलबाट काठमाडौं ल्याइएको शव नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याउने तयारी छ ।धनगढीबाट सेनाले नै उनको घरसम्म शव पुगाउने व्यवस्था मिलाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports