तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचनमै केन्द्रित हुनुपर्ने निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र : प्रचण्ड

754
shares

धनुषा । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन्।

नेकपा माओवादी केन्द्रका संयोजक रहेका प्रचण्डले सरकारले हिजो संसदीय दलहरूसँग गरेको वार्ताले सरकार बिस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास दिए पनि अझै निर्वाचनको वातावरण नबनिसकेको बताए। उनले अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्ने निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र बनेको स्मरण गराए।

उनले जेएनजी आन्दोलनपछि सार्वजनिक रूपमा अपिल गर्ने र काठमाडौं उपत्यका बाहिर मधेस प्रदेशमा कार्यक्रम गर्ने पनि माओवादी केन्द्र नै पहिलो पार्टी भएको दाबी गरे।वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै प्रचण्डले समाजवादी मोर्चामा रहेका पार्टीहरू एकता प्रक्रियातर्फ अगाडि बढेको बताए। उनले छठ पर्वपछि वामपन्थी एकताको नयाँ परिस्थिति देखिने विश्वास व्यक्त गरे।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports