आफूलाई पक्रने योजनामा कार्की सरकार रहेको एमाले अध्यक्ष ओलीको भनाई
वि.सं.२०८२ कात्तिक ५ बुधवार १४:४९
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफुविरुद्ध थप केही गर्छ भन्ने आशंका बढाएको बताएका छन् ।
बुधबार बालकोटस्थित जलेर ध्वस्त भएको घर हेर्न पुगेका ओलीले सञ्चारर्कीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री ओमप्रकाश अर्यालको अभिव्यक्तिका कारण सरकारले आफुविरुद्ध थप केही गर्छ भन्ने आशंका बढाएको बताएका हुन् ।
साथै उनले गृहमन्त्री अर्यालले आफूविरुद्ध व्यक्तिगत दुश्मनी साँधेको पनि आरोप लगाए । ‘गृहमन्त्रीको अभिव्यक्तिमा सरकारको उद्देश्य र मनसाय देखिन्छ, ममाथि व्यक्तिगत दुश्मनी देखिन्छ, मैले उहाँहरूको सीमा मिचेको छैन’ उनले भने, ‘घर कहाँ हो थाहा पनि छैन, केही गरेको छैन, तर दुश्मनी चर्को देखिन्छ । त्यसमा सरकारले थप केही गर्ने योजना बनाइरहेको आशंका छ ।’
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा घटेका घटना सम्बन्धमा बयान दिन नजाने भन्ने ओलीको अभिव्यक्तिलाई लिएर गृहमन्त्री अर्यालले कानूनभन्दा माथि कोही नरहेको बताएका थिए ।गृहमन्त्रीका अभिव्यक्तिले सरकार आफूलाई पक्रने योजनामा रहेको ओलीले आशंका व्यक्त गरेका हुन् ।‘जेनजी भनिएकाहरूलाई बोलाएर तिमीहरू हामीलाई दबाब देऊ भनेर सरकारका मान्छेले भनिरहेका छन् । दबाबमा पार्यौं फलनालाई गिरफ्तार गरेर कारबाही अगाडि बढाउँछौं भनेर सिकाएर पठाउनु भएको थाहा छ,’ उनले भने ।
साथै उनले अचानक पलाएको सरकारका धाक धम्कीसँग एमाले नडराउने पनि बताए ।






































