नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ३ जनाको निधन

936
shares

काठमाडौँ- सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा बिहीबार साँझ बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान खुलिसकेको छैन। साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको सोलुखुम्बु प्रहरी कार्यालयका डिएसपी मनोजित कुँवरले जानकारी दिए।

माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनाबाट गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको हो।घाइतेलाई उपचारका लागि राति नै अस्पताल पठाइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports