काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत्
वि.सं.२०८२ कात्तिक १२ बुधवार १८:५९
shares

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत् राखेको छ ।
पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरिएको रिट खारेज गरिएको छ ।बुधबार न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको रिट निवेदन खारेज गरेको हो ।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज बजगाईँलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि पदीय मर्यादा विपरीत कार्य गरेको भनी निलम्बन गर्ने निर्णय गरेका थिए ।सो निलम्बन विरुद्ध पाण्डे रिट लिएर उच्च अदालत पाटन गएका थिए । उनको रिटमा प्रारम्भिक सुनुवाइले अन्तिम आदेश जारी गरेपछि उनी हाजिर भएका थिए ।
सो अन्तिम रिट खारेज भएसँगै अब उनको निलम्बन यथास्थितिमा रहेको छ ।




































