नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो : जेनजी

1.05K
shares

काठमाडौं । सरकार र दलहरूसँग वार्ताका लागि पुगेका जेनजीहरूले आफ्ना मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा सहभागीहरूले यस्तो बताएका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनावमात्रै भएर पनि नहुने जेनजी प्रतिनिधिहरूले बताएका छन् ।

‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’ जेनजी प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।साथै उनीहरूले आन्दोलनको मुख्य माग भनेको सुशासन रहेको र त्यसका लागि सरकारसँग सँगसँगै अघि बढ्ने बताएका छन् ।

‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो । यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,’ वार्तामा जेनजीहरूले भनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports