उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १२:२६
shares

काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ ।
यो समिति निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा छ । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो ।
निर्वाचन आयोगकै कार्यालयमा दिउँसो हुने छलफलमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् ।निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार समितिले निर्वाचन सुरक्षाको विषयमा छलफल गर्नुका साथै आवश्यक रणनीति समेत तय गर्नेछ ।




































