राष्ट्रपति कार्यालय तोडफोड र आगजनी गर्ने ३ जना पक्राउ
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १३:५१
shares

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन् ।
उनीहरुले जेनजी आन्दोलनको बेला राष्ट्रपति कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । साथै त्यहाँबाट उनीहरुले सरसामान चोरेका थिए ।उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।




































