नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायती नागरिक सहित १५ जना पर्यटकको सकुशल उद्धार

1.07K
shares

काठमाडौं । मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायती नागरिकसहित १५ जना पर्यटकको शुक्रबार सकुशल उद्धार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शकको संयुक्त टोलीले उनीहरूलाई ४ हजार ९०० मिटरको उचाइमा रहेको बतासे डाँडाबाट उद्धार गरेको हो ।म्याग्दीदेखि धवलागिरी हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरी चक्रीय पदमार्गमा ट्रेकिङ गरिरहेका उनीहरू ११ कात्तिकदेखि हिमपातका कारण फसेका थिए ।

१२ कात्तिकमा मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणसहितको टोलीले याक खर्कमा बेस बनाइ उनीहरूको उद्धार प्रयास थालेको थियो ।तीन दिनको अथक प्रयासपछि नेपाली सेनाको टोलीले शुक्रबार फेला पारी याक खर्कसम्म सकुशल उद्धार गरेको जनाइएको छ ।फेला परेका पर्यटकहरूलाई उद्धार टोलीले जोमसोमतर्फ ल्याउने काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports