नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशन माग गरेर बुझाइएको हस्ताक्षर एजेन्डा नबनेपछि विशेष भेला आह्वान

780
shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशन माग गरेर बुझाइएको हस्ताक्षर एजेन्डा नबनेपछि विशेष भेला आह्वान भएको छ । विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गरेकाहरूले आइतबार विशेष भेला बोलाएका हुन् ।

आइतबार साढे १२ बजे नयाँ वानेश्वरस्थित आनन्द इभेन्ट्समा हस्ताक्षर गरेकाहरूको भेला बोलाइएको हस्ताक्षर अभियानका अगुवा मनोजमणि आचार्यले जानकारी दिए । ‘सल्लाह गर्नका लागि हस्ताक्षर गर्नेहरूको भेला बोलाएका छौँ,’ आचार्यले भने– ‘हामीले हस्ताक्षर बुझाएको लामो समयसम्म पनि केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा नबनेपछि दबाब दिन र कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन भेला बोलाएका हौँ ।’

कांग्रेस युवा नेता नेता गुरुराज घिमिरेको नेतृत्वमा २९ असोजमा दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । त्यो जानकारी खड्काले केन्द्रीय समिति बैठकमा गराए पनि एजेन्डाका रूपमा प्रवेश गराएका छैनन् ।एजेन्डाको रूपमा आफूहरूको विशेष महाधिवेशन माग सहितको हस्ताक्षर केन्द्रीय समितिमा प्रवेश नगरेपछि दबाबका लागि अभियानले भेला बोलाएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports