नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा

1.03K
shares

काठमाडौं। निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नेको संख्या १८ छ।जेन-जी आन्दोलन अगाडि दल दर्ताका लागि ९ वटा निवेदन परेका थिए। जेन-जी आन्दोलनपछि थप ९ दल दर्ताका लागि निवेदन परेको छ। १८ वटै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ।

आयोगमा हाल दल दर्ताको प्रमाणपत्र लिइसकेका दलको संख्या १२५ छ।दल दर्ताका लागि निवेदन दिएकाले अबको १० दिनभित्र प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ। आयोगले यही कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने गरी समय तय गरेको छ।त्यसपछि मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेका छ। यसकारण नयाँ दर्ता हुन चाहने दलले कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसकेर निर्वाचन प्रयोजनका लागि फेरि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने हुन्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports