नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दियो

975
shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।

विभिन्न १० दवा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो।साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन्।

नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिए।आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।

दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएको नेता शिव खकुरेलले जानकारी दिए । उनका अनुसार दलको विधानलाई पूर्णता दिने कार्य भइरहेको छ। ‘पदाधिकारी लगायतका विषय टुंगिएपछि आयोगमा विधान लगायत दस्तावेज पेश गरिनेछ,’ उनले भने।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports