सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी प्रश्नको जवाफ सुरक्षा निकायले किन दिनु नपर्ने ?

1.05K
shares

 

काठमाडौ । गत भाद्र २३ गते जेन–जीहरुले गरेको विरोध प्रदर्शनमा जेन–जीहरुले उठाएका मागमा दुईवटा मात्र थिए । पहिलो भ्रष्टाचार नियन्त्रण र दोस्रोमा सुशासन कायम हुनुपर्ने । ती माग जायज थिए । जेन–जीहरुले मात्र होइन सम्पूर्ण नेपाली जनताले पहिला देखि नै भ्रष्टाचार नियन्त्रण र सुशासन हुनुपर्ने आवाज उठाउँदै आएका थिए ।
भाद्र २३ गतेको जेन–जीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर केही आपराधिक समूहका विभिन्न काण्डमा परेका व्यक्तिहरु र केही संघ संस्थाका व्यक्तिहरुले जेन–जीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गरेर उपद्रो नै मच्चाएका थिए । सो दिन जेन–जीका अगुवाहरुले दिनको १ ः ३० बजे नै आफूँहरुको विरोध प्रदर्शन सफल भएको र केही व्यक्ति र समूहहरु घुसपैठ भएकाले जेन–जीहरुलाई आ आफ्नो घर फर्किन प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका थिए ।
जेन–जीहरु घर फर्किन लाग्दा उनीहरुलाई रोकेर केही आपराधिक समूहका व्यक्तिहरुले उपद्रो मच्चाएका र संसद भवनमा प्रवेश गरि तोडफोड गर्न लागेपछि त्यहाँ गोली चलेको थियो । सो दिन काठमाडौमा गोली लागेर १७ जना र इटहरीमा गोली लागेर २ जनाको निधन भएपछि मुलुकभरमै आतंक मच्चाइएको थियो ।
जेन–जीहरुले भाद्र २३ गते विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला आपराधिक समूह र केही संघ, संस्थाहरुले त्यही जेन–जीहरुको आन्दोलनमा घुसेर आफ्नो स्वार्थ पूरा गर्ने रणनीति बनाएको तथ्य खुल्दै आएको छ । यदि उनीहरुले त्यस्तो षड्यन्त्र गरेका थिएनन् भने कसरी एकै दिनमा मुलुकभरमै वितण्डा मच्चाइयो अब त्यस विषयमा गहन छानविन र अनुसन्धान गरेर आपराधिक समूहमा रहेका, उनीहरुका नाइके र संघ संस्थाका व्यक्तिहरुलाई कानुनी दायारमा ल्याउनुपर्दछ ।
भाद्र २३ को घटनापछि भाद्र २४ गते अर्थात भोलीपल्ट अघिल्लो दिनको गोली काण्डको विरोधमा जनता सडकमा आउन सक्छन् भनेर त्यसै अनुरुपमा सुरक्षा मिलाउन नसक्नु सुरक्षा निकायको कमजोरी थियो । भाद्र २४ गते विहानै देखि जनता विभिन्न ठाउँमा विरोध प्रदर्शनका लागि जम्मा हुने थालेका भएपनि सुरक्षा निकायले किन त्यसलाई गम्भीरताका साथ लिएन ?
सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास लगायत सरकारी भवनहरुमा आधा आधा घण्टाको फरकमा आगजनी गरियो तर सुरक्षा निकाय त्यसलाई नियन्त्रण गर्न असफल भयो । सिंहदरबारमा आगजनी हुँदा सिंहदरबार भित्रै रहेका सेना किन परिचालन गरिएन ? राष्ट्रपति कार्यालयमा रहेका सुरक्षा निकायले किन आन्दोलनकारीलाई नियन्त्रणमा लिन सकेन यी तमाम प्रश्नको जवाफ सुरक्षा निकायको प्रमुखहरुले जनतालाई किन दिनु नपर्ने ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports