सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली सरकार हटाउनुको कारण खुल्दै ?

1.22K
shares

 

काठमाडौ । जेन–जीहरुको विरोध प्रदर्शनपछि राजनीतिक दलहरु विभाजित हुने र एकजुट हुने क्रम जारी रहेको छ । खास गरेर पुराना भनिएका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रप्रति जनताको वितृष्णा बढ्दै गएको भएपनि जेन–जीहरुको आन्दोलनको दुई महिना पुग्न लाग्दा माओवादी केन्द्र, एकीकृत समाजवादी र केही भारेभुरे पार्टीहरु एकीक्त भएका छन् । माओवादी केन्द्रले माओवादी नामक पार्टी छोडेर फेरी जनतालाई झुक्याउनको लागि नेपाली कम्युनिष्ट पार्टी नामबाट सञ्चालन हुने भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहितका केही व्यक्तिहरु समाहित भएका भएपनि केही व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् भने महाचिव घनश्याम भुसाल सहितका केहीले एकीकृत समाजवादीलाई नै पुर्नगठन गरी अघि बढ्ने उद्घोष गरिसकेका छन् । नेपाली कयुनिष्ट पार्टीमा माधव नेपाल सह–संयोजक हुनुको रहस्य खुल्दै गएको छ । उनी भ्रष्टाचारको मुद्दामा तारिखमा रहेका र पुष्पकमल दाहालको नेतृत्वमा रहँदा आफूँ सुरक्षित रहने ठानेर पार्टीलाई विलय गराएका छन् ।
नेपाली कांग्रेस भने महाधिवेशन कहिले गर्ने भन्नेमै अलमलिएको छ । संस्थापन पक्ष र संस्थापन इतर पक्षबीचमा एक मत हुन नसक्दा कांग्रेस अलमलमा परेको छ भने नेकपा एमालेले आउँदो मंसिर २७ देखि २९ सम्म महाधिवेश गर्ने निर्णय गरि त्यसै अनुरुप अघि बढिरहेकाले गर्दा जनतामा एमालेप्रति आशा जाग्दै गएको जस्तो देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले लिएको राष्ट्रवादी र ओली नै प्रधानमन्त्री हुँदा बनाएको चुच्चे नसक्साले गर्दा ओलीको हाइट बढ्दै गएकाले उनका विरुद्ध तत्कालिन माओवादी, एकीकृत समाजवादी र केही विदेशी शक्तिहरु ओली विरुद्ध लागि परेका थिए ।
चुच्चे नक्सालाई लिएर भारत असन्तुष्ट रहेकै बेला ओलीले नेपालका बारेममा विदेशमा समेत आफ्नो राष्ट्रको पक्षमा बलियोसँग आफ्ना कुरा राखेका र चुच्चे नक्सा बनाएर संविधान नै संशोधन गरेर चुच्चे नक्सा र नक्सामा भएको भूमि नेपालको रहेको सन्ेदश विश्व जगत्लाई दिएका हुनाले त्यही बेला देखि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भएको थियो ।
जेन–जी आन्दोलनलाई हाइज्याक गरेर स्वार्थ समूहहरुले ओली सरकार हटाएको विस्तारै रहस्य खुल्दै गएको छ । भाद्र २३ र २४ गते भएको आन्दोलन मध्ये २३ गतेको आन्दोलन विरुद्ध जेन–जी समूहका भएपनि त्यसलाई हाइज्याक गरेर निर्दोष विद्यार्थीहरुलाईको हत्या गरियो भने २४ मा नरसंहार कार्य गरियो । यी सबै कार्यहरु ओली सरकार हटानउनैका लागि गरिएको थिएन र ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports