सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल र नेपालीको अस्तित्व संकटमा

1.94K
shares

 

राजन कार्की
जेनजीको भदौ २३ र २४ को आन्दोलन र विद्रोहले परिवर्तन चाहिएको स्पष्ट सन्देश दिएकै हो । तर यो सन्देशलाई स्थापित ठूला दलहरुले स्वीकार गर्न हिचहिचाइरहेका छन् । जसरी आन्दोलन र बिद्रोहले पार्टी, पार्टीनेता र संविधानमाथि धावा बोल्यो, त्यसपछि सन्निपात जसरी सुन्निएर मोटाएकाहरु आफ्नो पुरानै विधि व्यवहार र भ्रष्टाचार र कुशासनमा फर्किन सकिन्छ भन्ने माहोल तैयार गरिरहेका छन् । एकथरि पार्टीलाई मजबुत गराउन थालेका छन्, अर्काथरि जनप्रदर्शन र दबाब सिर्जना गरेर संसद ब्यूँताउन सकिन्छ भन्ने प्रयत्न गरिरहेका छन् । अर्काथरि पार्टी खोल्न र संगठन बलियो बनाउन लागिपरेका छन् ।
एकथरि चुनाव हुन्छ भन्छन्, अर्काथरि चुनाव हुनैसक्दैन भनिरहेका छन् । चुनाव हुन्छ कि हुन्न, संसद पुनस्र्थापना होला कि नहोला ? अन्तरिम संविधान र प्रत्यक्ष कार्यकारीको निर्वाचन हुन र विदेशमा रहेका नेपालीको मतदान के होला ? नयाँ मतदाता दर्ता भइरहेका छन् र मतदाताले उमेदवार बन्न पाउने कि पुरानै २५ वर्षको बार बन्देज कायम रहने हो ? अनेक प्रश्न उठिरहेका छन्, बहस भइरहेको छ ।
राजनीति स्पष्ट धारमा छैन । गाँजेमाजे राजनीतिले कतातिर करबट लिने हो भन्न सकिन्न ।
यसैवीच दुर्गा प्रसाईले मंसिर ७ मा सत्ता र सिस्टमकै उलटफेर गर्ने घोषणा गरेका छन् । छिमेक र विश्वशक्तिको तरङ्ग अचम्मसँग बढेको छ । आइएनजीओहरुको सकृयता त्यत्तिकै छ । को के हो र कसको उद्देश्य कस्तो हो ? भन्न सकिदैन । यसकारण पनि राजनीतिक मूल धमिलिन पुगेको हो ।
जेनजीपुस्ताले देशैभरि आन्दोलन मच्चाएपछि राजनीतिक नेताहरुले बुझ्नुपर्ने हो– समयले अर्को परिवर्तन माग्यो । अर्को परिवर्तनलाई सघाउन सके खरानीबाट देश निर्माण गर्न, ठड्याउन र उठाउन सकिन्छ । समयको यो सन्देश सबै राजनीतिक दलहरुले नबुझिदिंदा देश गृहयुद्धको दोबाटोमा उभिन पुगेको विश्लेषण भइरहेको छ ।
स्पष्ट चुरो कुरो के हो भने देश अब यिनै दल र नेताबाट चल्न सक्ने र राष्ट्रियता तथा अस्तित्व जोगिनसक्ने अवस्था देखिदैन । हामीमाथि गम्भीर खतरा मडारिन थालिसकेको छ । हामी र हाम्रो स्वराज खतरामा पर्दै गएको छ । यो संकट कुनै दल, नेता, अथवा एकपक्षी होइन, हामी नेपाली जातिको साझा संकट हो । यो संकटसँग साझा भएरै मुकाविला गर्नपर्छ । विश्वकै जेठो राष्ट्रमाथि यति भयलाग्दो संकटको सिर्जनाकार हामीले विश्वास गरेका नेताहरूले निम्त्याएका हुन् ।
युवामाथि भरोसा गर्नैपर्छ । युवा जागिसकेका छन् । गत भदौ २३ र २४ अर्थात् सेप्टेम्बर ८ र ९ को जेनजी पुस्ताको प्रदर्शनले भ्रष्टाचारको अन्त्य र सुशासनको सुनिश्चिता गर्नैपर्ने माग थियो । यो प्रणाली निलम्बन गरेर अन्तरिम संविधानद्वारा नयाँ युग सुरू गर्ने थियो । जेनजी पुस्ताले जितेकै हुन्, त्यो जितलाई षडयन्त्रपूर्वक अपहरण गरियो । अपहरण गर्ने देशीविदेशी शक्तिले एक पटक फेरि असफल संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई प्रवद्र्धन गर्ने वर्तमान संविधान बचाउने प्रयत्न गरेका छन् । जुन स्थापित दलहरुको अर्को भूल भइरहेको छ । राजनीतिलाई सहज रुपमा बग्न दिइएन भने फेरि द्वन्द्व चर्किनेछ ।
जेनजी पुस्ताले विद्रोहबाट बिजय पाएका हुन् । जेनजी पुस्ताले नै सत्ता सम्हाल्नुपथ्र्यो । तर जेनजी पुस्ताका नाममा संविधानविपरित सुशील कार्की नेतृत्वको सरकार बन्यो । यो सरकारमा जेनजी पुस्ताको हातमा केही परेन । यो सरकार देशीविदेशी षडयन्त्रकारीको वकालत गर्न थालेको छ । ७६ जना जेनजी पुस्ताको रगत बग्यो, ज्यान गयो, उल्लेखनीय प्रगति केही भएन । जेनजी पुस्ताले जुन लक्ष्यका साथ आन्दोलन गरेका थिए, आन्दोलन पानीको फोको फुटेसरह हुनपुगेको छ । सुशील कार्की नेतृत्वको सरकारले जेन–जेडका प्रदर्शनकारीहरूको हत्यामा संलग्न व्यक्तिहरू, साथै भ्रष्ट राजनीतिक नेताहरू र नोकरशाहहरू विरूद्ध कारबाही थालनी पनि गर्न सकेन । एउटा जाँचबुझ आयोग गठन गरेर आशा देखाएको छ, जुन आशा पहिले पहिलेजस्तै पूरा नहुने आशंका बढी देखिन्छ । यो सरकार त बन्यो, अदालतमा चुनौती थपिएका छन् । यो चुनौतिको सामना गर्न यो सरकारले सक्ने देखिदैन । किनकि जेनजी पुस्ताको राप र ताप सेलाउँदै जानुको कारण मुख्य देखिन्छ । जेनजी पुस्ता युवा हुन्, तिनीहरु सेलाएको जस्तो मात्र हो, जुनसुकै बेला तात्न सक्छन् भन्ने हेक्का सबैले राख्दा अर्को दुःखद दुर्घटना हुनेछैन । थप रगत बग्नेछैन ।
भूरगोलका कारणले नेपाल दुई ठूला छिमेकीका वीचमा छ । जेनजी पुस्ताको आन्दोलन र आन्दोलनमा भएको बिध्वंश, त्यसपछिका सरकार गठन र चुनावी मुद्दाले समेत दुबै छिमेकीमा आशंकाहरू घनिभूत हुनपुगेका छन् । त्यसमाथि पश्चिमा शक्तिहरू खुलेआम नेपालमा छुनुकमुनुक गरिरहेका छन् । नेपालको सन्तुलित परराष्ट्रनीतिले विश्वजगत र दुई ठूला छिमेकी आश्वस्त हुने र नेपालको सार्वभौमिकता सुरक्षित हुने गरेकोमा त्यो अवस्था खुजमुजिएको छ । नेपालमा परिवर्तन भयो, परिवर्तनले गम्भीर परिणामहरू निम्त्याउन सक्नेछ । नेपाललाई समस्या पर्दा गुहार्ने र तत्काल आउने छिमेकी नै हुन् । छिमेकी बदलन सकिन्न, यसकारण पनि छिमेकनीतिमा अन्यौलता आउनु हुनेथिएन । सन्तुलित र समान दूरीको सम्बन्धको नीतिमा संशय उत्पन्न हुनुका कारणले पनि नेपालको स्वराज र अस्तित्वमा भूराजनीतिक असर पर्नपुगेको छ । कतै नेपाल विश्वशक्तिको युद्धभूमि हुने त होइन, खतरा सन्निकट अनुभूत गर्न सकिन्छ ।
गत भदौ २३ र २४ गते जसरी जेनजी पुस्तामाथि राज्य दमन भयो । त्यो महापराध थियो । स्कूले बालबालिकाको टाउको, छातीमा गोली ठोक्नु भन्दा ठूला राजनीतिक अपराध, राज्यको अपराध अरु हुनै सक्दैनथ्यो । भयो । बालबालिकाको रगत बगेर आएको यो परिवर्तन पनि सुशासनका पक्षमा हुनसकेन भने नेपाल र नेपालीले शान्ति, समृद्धि र समानताको अनुभव कहिले गर्न पाउने ? भ्रष्टाचारको अन्त्य कहिले हुने ? लोकतन्त्रको लूट कहिले रोकिने ?
अनेक प्रश्नहरु छन् । यसकारण प्रत्येक नेपालीले सबै देशभक्त शक्तिहरूलाई स्वार्थ र लोभबाट मुक्त भएर अस्तित्व रक्षा, राष्ट्रिय एकताका लागि आह्वान गरिरहेका छन् । नेपाली एकता नै नेपालकोे अस्तित्वरक्षाको प्रत्याभूति हो । सबै राजनीतिक शक्तिहरूवीच संवाद, सहमति र सहकार्यले एकतालाई बल दिन्छ । विभेद, निषेधको समय समाप्त भइसक्यो । जेनजी पुस्ताले पनि सहमति, संवाद र सहकार्यबाटै लथालिङ्ग भएको स्थितिलाई नवनिर्माण गर्न सकिन्छ भनिरहेका छन् । हो, जेनजी पुस्ता अनेक गुटमा बिभाजित भएका छन् । तर तिनको उद्देश्य एक छ– भ्रष्टाचारको अन्त्य र सुशासन, यही माध्यमबाट रोजगारीको सिर्जना र नेपाल निर्माण ।
यो कुरा बुद्धिजीवी, नागरिक समाज, पार्टीका नेताहरुले बुझ्नुपर्छ । बहुदलपछिको ३० वर्ष र लोकतान्त्रिक गणतन्त्रको १७ वर्ष खेर गइसक्यो । समाजमा द्वन्द्वमात्र छ । समाधान खोज्ने साहस, ल्याकत, अक्किल कसैमा देखिएन । जेनजी पुस्तालाई अघि सारेर प्रजातन्त्र र राष्ट्रियता बलियो पार्न सकिने एकमौका फेरि आएको छ । यतिबेला विवेकले काम गर्नुपर्छ, हरेक दल र हरेक व्यक्तिले विवेक पु¥याउनु पर्छ । विवेकहीनताले नेपाल र नेपाली अस्तित्व संकटमा पारिदिएको छ । यो जोखिमबाट मुक्ति पाइने भनेको विवेकशीलताले हो ।
प्रत्येक राजनीतिक शक्तिहरुले विवेकपूर्ण निर्णय गर्न सके भने जे जति त्रुटी भए, छन्, बिगतका व्यवहारका, संविधानका, कानुनका त्रुटीहरु सच्याएर नेपाली अस्तित्व रक्षा गर्न सकिनेछ । यतैतिर सबैको ध्यान जानुपर्छ । यसैमा नेपाल र नेपालीको भलाई हुनेछ ।
समयले हरेक नेपालीको विवेकको परीक्षा लिइरहेको छ । परीक्षामा उत्तीर्ण हुन हामी सबैलाई जेनजी पुस्ताले बगाएको रगत र सहादतबाट प्रेरणा मिलोस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports