सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गर्दै प्रदर्शन

468
shares

 

गौर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा वृहत् प्रदर्शन गरेको छ ।संघको रौतहट जिल्ला कमिटीको आयोजनामा जिल्लाको मध्य भाग गरुडामा सयौं युवाहरुले नाराबाजी गर्दै दबाबमुलक र्‍यालीको आयोजना गरेको हो ।

उनीहरुले ‘स्थानीय निर्वाचनको मिति घोषणा गर’, ‘अपराधी मन्त्री रेणु यादव राजिनामा दे’, ‘लुट—आतंक बन्द गर’, ‘मापसे सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सुरु भएको र्‍याली चिनी मिल हुँदै बजारको परिक्रमा गरी गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै संघका स्थायी कमिटी सदस्य एवम् एमाले रौतहटको जिल्ला कमिटी सदस्य निवेश यादवले गठबन्धनको सरकारले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेकोले त्यसको प्रतिकारमा उत्रिन आग्रह गरे ।

विगतमा २० वर्षसम्म स्थानीय तहलाई जनप्रतिनिधि बिहीन बनाएर लोकतन्त्रको मजाक उडाउने कलंक बोकेको देउवा सरकारले पुनः कलंक दोहोर्‍याउन उद्दत रहेको यादवको भनाई छ ।

यादवले तत्काल निर्वाचनको घोषणा नगरेको खण्डमा सरकारविरुद्ध देशभर युवा संघद्वारा जारी सडक संघर्ष अझ सशक्त बनाउने गर्ने उद्घोष गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports