नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अफताब आलमको निधनमा कांग्रेसले तिन दिन आफ्नो झण्डा आधा झुकाउने

1.14K
shares

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य अफताब आलमको निधनमा तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णय गरेको छ । शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकले आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । त्यस्तै कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहट जिल्लाका पूर्व सभापति मोहम्मद आफ्ताव आलमको ६३ वर्षको उमेरमा निधन भएको थियो। गए राति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो।

वि.सं. २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवामा जन्मिएका आलमले वि.सं. २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। उनले पटक–पटक मन्त्री पदको जिम्मेवारी सम्हालेका थिए। उनी वि.सं. २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट विजयी भएका थिए। वि.सं. २०६७ को बाह्रौं महाधिवेशनबाट उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

पार्टीले एक अनुभवी नेतृत्व गुमाएको भन्दै केन्द्रीय कार्यसमिति बैठकले उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports