नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल स्काउटमा निर्देशक नियुक्ति प्रक्रियालाई लिएर विवाद चुलियो

1.01K
shares

काठमाडौँ । नेपाल स्काउटमा निर्देशक नियुक्ति प्रक्रियालाई लिएर विवाद चुलिएको छ। नेपाल स्काउट शुद्धीकरण अभियान समितिले शनिबार कार्यालय परिसरमा धर्ना दिएर नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गरेको छ।

समितिले धर्ना दिइरहेको बेला कार्यालयभित्र सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता चलिरहेको थियो। धर्नाका क्रममा प्रदर्शनकारी र प्रहरीबिच धक्कामुक्की समेत भएको थियो।शुद्धीकरण समितिका संयोजक देवदूत अधिकारीले बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर्देशकको लागि भ्याकेन्सी आह्वान गर्नु गलत भएको बताए। उनले प्रमुख आयुक्तको विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्देशक नियुक्त गर्न नमिल्ने तर्क गरे।
अधिकारीले निवर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निर्वाचित प्रमुख आयुक्तलाई निलम्बन गरेर चौधरीकै विद्यालयमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएको आरोप लगाए। उनले स्काउटभित्रका विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य गर्न छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरे।यसैगरी, स्काउटका निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले आफूलाई राष्ट्रिय परिषद्को बैठकले नियुक्त गरे पनि तत्कालीन मन्त्री चौधरीले कानुनी प्रक्रिया नपुर्‍याई हटाएर देवराज घिमिरेलाई आयुक्त बनाएको भन्दै आफूले सर्वोच्चमा मुद्दा हालेको बताए।
उनले विषम परिस्थितिमा पनि हतार-हतार गरेर नयाँ निर्देशक नियुक्त गर्न खोजिएकोमा आपत्ति जनाए। उनले निर्देशक पद सहसचिवस्तरको भए पनि विज्ञापनमा स्नातक तह मात्र न्यूनतम शैक्षिक योग्यता राखेर आफ्नो मान्छे नियुक्त गर्न खोजिएको आरोप लगाए। रञ्जितले सर्टलिस्टमा परेका एक उम्मेदवार अर्पण कार्की प्रमुख आयुक्त घिमिरे र निर्देशक रामप्रसाद भट्टराईको साथी भएको दाबी गर्दै प्रश्नपत्र बाहिरिन सक्ने शङ्का व्यक्त गरे। उनले लिखित परीक्षा र अन्तर्वार्ता रोक्न माग गर्दै राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी दिएको जानकारी दिए।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports