२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुरु भयो कांग्रेसको जागरण अभियान

780
shares

काठमाडौ । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैशाख २५ गतेदेखि देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान सञ्चालन सुरु गरेको छ । राष्ट्रिय जागरण अभियानको काठमाडौमा सभापति शेर बहादुर देउवाले सुरु गर्दै भने कुनैपनि प्रकारको तानाशाही र तानाशाह आफ्नो पार्टीलाई स्वीकार्य नहुने भन्दै वर्तमान केपी ओली नेतृत्वको सरकारका गतिविधिहरु अधिनायकवाद तिर उन्मुख रहेको आरोप लगाएका छन् ।

सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको भन्दै त्यसका विरुद्ध लड्न आफ्ना पार्टीका कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका थिए । सरकारले आफूलाई नसच्चाएको खण्डमा आफूहरुले सडकबाटै सरकारलाई हटाउने चेतावनी समेत दिएका थिए । सभापति देउवाले कम्युनिष्ट पार्टी कहिल्यै लोकतान्त्रिक हुन नसक्ने दाबी समेत गरेका छन् ।

प्रधानमन्त्रीले जे पायो त्यही बोल्ने गरेको भन्दै आफूले निर्वाचन अघि नै कम्युनिष्ट पार्टी सत्तामा आए जनताले दुःख पाउँछन् भनेको स्मरण गर्दै पहिला आफूले उद्घोष गरेका कुरा अहिले प्रमाणित भएको भन्दै अब आन्दोलनबाहेक अन्य विकल्प नरहेको जिकिर समेत गरेका छन् ।

सोही समारोहमा बोल्दै सभापति देउवाले संघीय संसदका सभामुख कृष्णबहादुर महरा इतिहासमै कमजोर सभामुख रहेको भन्दै प्रधानमन्त्रीले संसदमा गैरसंसदीय भाषा बोल्दा समेत सभामुख चुप रहेको आरोप लगाएका थिए । प्रधानमन्त्रीले गैर संसदीय भाषा बोल्दा आफूहरुले विरोध गरेको र त्यस्तो भाषा डिलिट गर्न सभामुखलाई अनुरोध गर्दा डिलिट नगरेको भन्दै देउवाले आफूले नेपालको संसदीय इतिहासमा यति कमजोर, डरपोक र काँतर सभामुख नदेखेका बताएका थिए ।

सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बेलायती महारानी भन्दा पनि बढ्ता भएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको आरोप लगाएका छन् । राष्ट्रिय जागरण सभा ७७ वटै जिल्लाका वडा तहसम्म सञ्चालन गर्ने कांग्रेसले बताएको छ ।

कांग्रेसले पहिलो चरणको जागरण अभियान सकिएपछि दोस्रो चरणमा ३ सय ३० वटै निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ वटै स्थानीय तहमा जागरण अभियान चलाउने बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports