सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएल : सुदूरपश्चिम रोयल्सको विजयी शुरूआत

1.04K
shares

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विजयी शुरूआत गरेको छ ।

बुधबार भएको आफ्नो पहिलो खेलमा साविक उपविजेता सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको हो ।जितका लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा ११८ रन बनाउँदै अलआउट भयो ।

केवल २७ रनको कूल स्कोरमा माथिल्ला चार प्रभावशाली ब्याट्सम्यानलाई गुमाएपछि दबाबमा परेको सुदूरपश्चिमका लागि हरमित सिंहले आक्रामक अर्धशतकीय पाली खेलेपछि बुधबारको खेलमा काठमाडौं गोर्खाजलाई हराउन सफल भयो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका बलरसामु काठमाडौंका ब्याटर निरिह सावित भए।

सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद, अविनाश बोहरा र दीपेन्द्र सिंहले समान एक/एक विकेट लिए ।काठमाडौंका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रनको योगदा नगरे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।पहिलो ओभरमै काठमाडौं​ गोर्खाजका बलर करण केसीले सुदूरपश्चिमको दुवै ओपनरलाई पेभेलियन फर्काए । दुवै ओपनरले खातासम्म खोल्न सकेनन् । टोलीको कप्तानसमेत रहेका करणले पहिलो ओभरको दोस्रो बलमा जोस ब्राउन र छैटौं बलमा विनोद भण्डारीलाई पेभेलियन फर्काएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका क्रिस लिन पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी केवल दुई रन बनाउँदै आउट भए । क्रिस लिनको विकेट पनि करणले नै लिएका थिए । इशान पाण्डे पनि केवल ११ रन बनाउँदै चौथो विकेटका रूपमा आउट भए ।छैटौं ओभरको अन्तिम बलमा चौथो विकेट गुमाउँदासम्म त्यतिबेला सुदूरपश्चिमले केवल २७ रन बनाएको थियो । त्यसपछि आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको स्कोरलाई ५२ रनको स्थितिसम्म डोर्‍याएका थिए ।

पाँचौं विकेटका रूपमा आरिफ शेख २५ रन बनाउँदै आउट भए । उनले २४ बलमा तीन चौका पनि हिर्काए ।त्यसपछि, कप्तान दीपेन्द्र र नरेन साउदले टोलीको स्कोरलाई ७२ रनसम्म पुर्‍याएका थिए । छैटौं विकेटका रूपमा नरेन ६ रन बनाउँदै पेभेलियन फर्किए ।

नरेन आउट भएपछि क्रिज समाल्न आएका हरमित सिंहले दीपेन्द्रसँग मिलेर गजबको पाली खेले । टोली अप्ठ्यारो स्थितिमा रहँदा यी दुई अनुभवी ब्याट्सम्यानले स्कोरलाई एक सय ३३ रनको सन्तोषजनक स्थितिसम्म डोर्‍याएका थिए ।दीपेन्द्र ३९ रन बनाउँदै सातौं विकेटका रूपमा पेभेलियन फर्किए । उनले ३० बलमा एक छक्का र तीन चौका पनि हिर्काए । त्यसपछि क्रिज समाल्न आएका स्कट कुगेलियन केवल एक रन बनाउँदै आठौं विकेटका रूपमा पेभेलियन फर्किए ।

नवौं विकेटका रूपमा पेभेलियन फर्किनुअघि हरमित सिंहले अर्धशतक बनाइसकेका थिए । उनले केवल २० बलमा ६ छक्का र दुई चौकाको मद्दतले ५३ रन बनाए । हेमन्त धामी तीन रनमा अविजित रहे । अविनाश बोहरा एक रन बनाउँदै आउट भए ।काठमाडौं​ गोर्खाजका बलर करण केसीले चार विकेट लिए । उनले चार ओभरमा ३० रन खर्चिए । मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले पनि दुई/दुई विकेट हात पारे । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा ६ रन पायो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports