सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज काठमाडौंको न्यूनतम तापक्रम बढ्यो, कति छ त आज ?

2.07K
shares

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (बुधबार) को तुलनामा आज (बिहीबार) थोरै बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको हो।हिजो बुधबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports