एनपीएल : लुम्बिनी लायन्सको विजयी सुरुवात
वि.सं.२०८२ मंसिर ४ बिहीवार १९:४९
shares

काठमाडौं । लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।
पहिलो संस्करणमा एक खेल मात्र जितेर अन्तिममा रहेको लुम्बिनीले यस संस्करणमा भने पहिलो खेलमै जित हात पार्दै सुखद सुरुवात गरेको छ ।पहिलो संस्करणमा चितवन राइनोजलाई मात्रै हराउन सफल लुम्बिनीले दोस्रो संस्करणको पहिलो खेलमै चितवनलाई नै हराएको हो ।
चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर ४६ रन बनाउँदै पूरा गरेको हो ।लुम्बिनीका लागि गुल्बादिन नइबले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । उनले २३ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।यस्तै कप्तान रोहित पौडेलले ३९ रन योगदान गरे । ४४ बल खेलेका उनले १ चौका प्रहार गरे ।यस्तै ओपनिङमा आएका सन्दीप जोराले १८ बल खेल्दै ४ छक्का मद्दतमा २८ रन जोडे ।अष्ट्रेलियन खेलाडी डार्शी सट ११ रन बनाएर आउट भए ।
बलिङमा चितवनका रिजन ढकालले २ विकेट लिए ।बोपाराले ५५ बल खेल्द ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए । अनुभवी खेलाडी बोपाराले यसअघि कर्णाली याक्स विरुद्ध ५२ रन बनाएका थिए । यस्तै कप्तान कुशल मल्लले २१ रन जोडे ।सैफ जैबले १५, देव खनालले १५ र दिपक बोहरा १० रन बनाएर आउट भए ।
बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । यस्तै युवा स्पीनर अभिशेष गौतमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । गुल्बादिन नइबले ४ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।





































