सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बलिउडका हि-म्यान धर्मेन्द्रको निधन

1.89K
shares

काठमाडौँ– बलिउडका ‘ही-म्यान’का नामले चिनिने अभिनेता धर्मेन्द्रको नोभेम्बर २४ सोमबार निधन भएको न्युज एजेन्सी आइएएनएसले जानकारी दिएको छ। ८९ सालको उमेरमा निधन भएको हो।

श्वासप्रश्वासमा समस्या आएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो र आगामी ७२ घण्टा उनको लागि निकै महत्त्वपूर्ण रहेको अस्पताल स्रोतले बताएको थियो।अघिल्लो हप्ता पनि मुंबाइको ब्रीज कैंडी अस्पालतमा उपचार गरिएकाे थियाे।उनलाई श्रद्धाञ्जली दिन बलिउडका दिग्गज कलाकार अमिताभ बच्चन, आमिर खान लगायत पुगेका छन्।ड्रामा, एक्सन र जोडदार संवादका कारण पनि लोकप्रिय धर्मेन्द्र भारतको पञ्जाबमा ८ डिसेम्बर १९३५मा जन्मिएका थिए। उनको बास्तविक नाम नाम धरम सिंह देओल हो।

एक्टिङ करिअरमा उनले थुप्रै कालजयी फिल्म दिएका छन्। फिल्म ‘शोले’ ‘चुपके चुपके’ ‘हकीकत’, ‘यादोकी बारात’ र ‘सीता और गीता’ जस्ता फिल्म खेलेको धर्मेन्द्रलाई दर्शकले आज पनि बिर्सिएका छैनन् ।फिल्म क्षेत्रमा फिल्मफेयर नामको पत्रिकामा नयाँ प्रतिभाको खोजी गरेको देखेर उनले फर्म भरेर पठाएका थिए। त्यो नै उनको जीवनका टर्निङ पोइन्ट भयो। थुप्रै मान्छेलाई पछाडि पारेर आफ्नो ट्यालेन्ट भइ छानिएका धर्मेन्द्रले बलिउडमा मात्रै ६ दशक बढी बिताए।धर्मेन्द्रले आफ्नो फिल्मी करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका थिए।

धर्मेन्द्रको फिल्म यात्रा भने सन् १९६०मा हिंगोरानीको फिल्म ‘दिन भी तेरा हम भी तेरो’ बाट सुरु गरेका थिए। माला सिन्हा, नूतन, मीना कुमारी हेमा मालिनीजस्ता चर्चित नायिकाहरूसँग काम गरेका धर्मेन्द्रले दोस्रो श्रीमती हेमा मालिनी बनाएका थिए ।उनका सन्तान सन्नी देओल, बबी देओल इशा देओल बलिउडका चर्चित कलाकार हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports