सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएल : विराटनगरले जनकपुरलाई हरायो

1.34K
shares

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्टमाथि रोमाञ्चक जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई अन्तिम ओभरमा पराजित गरेको हो। विराटनगरले जनकपुरलाई नौ रनले पराजित गरेको हो। विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले नौ विकेट गुमाएर १२६ रन बनायो।विराटनगरको यो लगातार तेस्रो जित हो। यो जितसँगै विराटनगर ६ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

डेथ ओभरमा जनकपुरका ब्याटर क्रिजमा टिक्न नसक्दा लगातार हार भोग्न बाध्य भयो। साविक विजेता जनकपुरको भने यो लगातार दोस्रो हार हो।जनकपुरका लागि जान निकोन लफ्टी इटोनले बनाएको ४१ रन नै सर्वाधिक रह्यो। उनले ३० बलमा चार चौका र एक छक्का प्रहार गर्दै रन आउट भए।ओपनर लाहिरू मिलान्थाले २२ बलमा दुई चौका र एक छक्का सहयोगमा २३ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। १३ रन बनाएका आसिफ शेख १३ रन बनाउँदा स्ूर्य तामाङको बलमा बोल्ड आउट नै भए।सञ्जय कृष्णमूर्ती २० रन बनाउँदा सूर्यको बलमा क्याच आउट भए। अठारौँ ओभरमा सन्दीप लामिछानेले लगातार दुई विकेट लिएपछि जनकपुर दबाबमा आएको थियो।

सन्दीपले चार विकेट लिए। किफायती बलिङ गरेका सन्दीपले आफ्नो स्पेलमा मात्र ११ रन खर्चे। सूर्य तामाङले दुई विकेट झारे। शुभम रजानेले एक विकेट आफ्नो नाममा गरे।त्यसअघि ब्याटिङ गरेको विराटनगरले सात विकेटको क्षतिमा एक सय ३५ रनको योगफल तयार पारेको थियो। विराटनगरका लागि शुभम रजानेले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। २९ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका शुभम रन आउट हुन पुगे।त्यस्तै, ३५ बलमा तीन छक्का सहयोगमा बसिर अह्मदले ३६ रन थपे। ओपनर लोकेश बम २८ रन बनाउँदै पेभेलियन फर्के। मार्टिन गप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाए। नारायण जोशी दुई रन बनाउँदै आउट भए।

मर्चेन्ट डे लांगे शून्य रनमा नै रन आउट भए। प्रतिश जिसी दुई रन र सन्दीप लामिछाने शून्यमा अविजित रहे।जनकपुरका लागि संगीत कोरे र रुपेश सिंहले दुई-दुई विकेट लिए। आदित्य महतोले एक विकेट लिएका थिए।आजै अर्को खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दै छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports