जेन जी आन्दोलन : हाल सम्म सर्वोच्च अदालत र अख्तियार सहित प्रहरीमा १ सय ४ वटा जाहेरी
वि.सं.२०८२ मंसिर ८ सोमवार १६:३४
shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र अपराधिक उपद्रवसँग सम्बन्धित १ सय ४ वटा जाहेरी प्रहरीकोमा परेको छ ।
सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहित १ सय ४ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।आइतबार पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारे जानकारी गराएको हो । जस अनुसार, व्यक्तिगत रुपमा २२ वटा जाहेरी परेका छन् । त्यस्तै, सरकारी कार्यालय/प्रहरी प्रतिवेदन ६६ वटा र संस्थागत १६ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।



































