तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजदेखी र १०० दरको नोट बजारमा पठायो राष्ट्रबैकले, चुच्चे नक्सालाई नोटमा समेटियो

1.37K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर साविककै आकार तथा रंगमा एकसय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो ।

चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, नोटको मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको छ ।त्यसैगरि नयाँ नोटमा तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ । नयाँ नोट दृष्टिविहीन अनुकूलको रहेको छ । दृष्टिविहीनहरूले छामेरै थाहा पाउनेगरि नयाँ नोट डिजाइन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अशोकस्तम्भसँगै दृष्टिविहीनलाई नोट पहिचानका निम्ति छामेर थाहा पाउने एउटा कालो थोप्ला र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र छ ।दुई मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो छ । तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।

नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ । नोटको मध्यभागमा एकसिङे गैँडाको माउ र बच्चाको चित्रलगायत विशेषता रहेको राष्ट्र बैंकले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports